ताप्लेजुङमा १ सय ३ वर्षियले गरिन मतदान

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २१, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा १ सय ३ वर्षिया ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षिया भिमा माया कार्कीले मतदान गनुभएको हो । 

उहाँलाई उहाँका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराउनुभएको हो । नेत्रले आमालाई ढाडमा बोकेर लग्नुभएको थियो । “स्वास्थ्य चौकी नजिकदेखि पाँच सय मिटर जति बोकेर लगेर मतदान गराएँ,” नेत्रले टेलिफोनमा भने ।


प्रतिक्रिया