कतिपय मतदान केन्द्र टाढा रहेकोले मतदाता आउने क्रममा
फाल्गुन २१, २०८२
रोल्पा । रोल्पामा १० बजेसम्म ५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार जिल्लामा रहेका सबै मतदान केन्द्रमा मतदान भैरहेको छ । ती केन्द्रमा करिब ७ हजार मत खसेको हो । रोल्पामा ८६ वटा मतदान स्थल र १ सय ८० मतदान केन्द्र छन् । अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । कतिपय मतदान केन्द्र घरदेखि टाढा रहेको र खाना खाएर मत खसाल्न आउने भएकाले मतदान केन्द्रमा बाक्लो चहलपहल देखिएको छैन ।








