सत्तारुढ दलको सहमतिमा ६ वटा अध्यादेश अघि बढाउने तयारी

फाल्गुन ३, २०८१ | काठमाडौं
सत्तारुढ दलहरुबीच सरकारले ल्याएका ६ वटा अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित गर्ने सहमति भएको छ । गठबन्धनमा रहेका जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भूमिसम्वन्धि अध्यादेशमा विमत्ति जनाइरहेका बेला सत्तारुढ दलको आजको बैठकमा सहमतिका आधारमा अध्यादेशहरु अघि बढाउने सहमति बनेको हो । बैठकपछि गृहमन्त्री रमेश लेखकले सत्तारुढ दलबीचको सहमति अनुसार अध्यादेश पारित गरिने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सत्तापक्षीय दलहरुको बैठकमा अध्यादेशमा विमत्ति जनाएको लोसपाका नेताहरु समेत सहभागी भएका थिए । भूमिसम्वन्धि अध्यादेशबारे कार्यदल तहमा छलफल गरेर सहमति गर्ने र ६ वटै अध्यादेश पारित गर्ने सहमति भएको बताइएको छ । लोसपाका नेता सुरेन्द्र झाका अनुसार, सो पार्टीका अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव अनुसार भूमि सम्वन्धि अध्यादेशका प्रावधानबारे कार्यदल बनाएर छलफल हुने भएको छ ।
सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, सहकारीको समस्या समाधान, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व तथा भूमि सम्वन्धि ऐन संसोधनका लागि अध्यादेश ल्याएको थियो । राष्ट्रिय सभाबाट भूमि सम्बन्धी अध्यादेश पारित हुने संभावना नभएपछि संसद्मा अध्यादेश निर्णयार्थ पेस हुन सकेको छैन । यसैबीच, सत्तारुढ दलले संविधान संसोधनका लागि गृहकार्य अघि बढाउने भएका छन् ।
कंग्रेस र एमालेबीचको ७ वूदे सहमतिमा संविधान संसोधनलाई मुख्य एजेन्डा बनाइएपनि काम अघि नबढेको भन्दै आलोचना भइरहेका छन् ।