सरकार परिवर्तन हुने भनेर अफहवा फैलाइयोः एमाले अध्यक्ष ओली

वैशाख १३, २०८२ | काठमाडौं
प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तन हुने भनेर अफहवा फैलाइएको आरोप लगाउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीले समेत सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने भन्दै अभिव्यक्ति दिएपछि सरकारको भविष्यलाई लिएर अन्यौलता बढिरहेका बेला प्रधानमन्त्री ओलीले सरकार फेरबदल हुने चर्चाको खण्डन गर्नुभएको हो ।
संसदको नयाँ अधिवेशनमा सरकारको कामकारबाही प्रभावकारी बनाउने विषयमा बसेको पार्टीको संसदीय दलको बैठकमा उहाँले सरकार परिवर्तनको अफवाहमा भन्दा २०८४ को निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा भएको बैठकमा ओलीले अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ओलीले सम्बोधन गर्नुभयो ।