निजामति सेवा सम्बन्धी विधेयक संसदीय समितिबाट पारित

जेष्ठ २, २०८२ | काठमाडौं

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।

सिंहदरबारमा आज बसेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट सो विधेयक पारित गरिएको हो । समितिका सभापति रामहरि खतिवडाले महत्वपूर्ण विधेयक पारित गर्न सफल भएको बताउनुभयो ।

विधेयकमा निजामति सेवा सम्वन्धी विधेयकमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको छ । अवकाशपछि कर्मचारीलाई नयाँ नियुक्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्ने सहमति भएको हो । समितिले लामो समयदेखि सहमति जुट्न नसकेको कुलिङ पिरियडको विषयलाई टुङ्ग्याएको हो । आज बिहान बसेको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले दुई वर्ष कुलिङ पिरियड राख्न सहमति जनाएपछि अब अवकाश प्राप्त कर्मचारीले लगत्तै अर्को पद धारण गर्न नपाउने भएका छन् ।

कुलिङ पिरियड’ कति समय राख्ने भन्नेमा सांसदहरूबीच विवाद थियो । यसैबीच, निजामति कर्मचारीको उमेर हद ५८ बर्षबाट ६० बर्ष पु¥याउने सहमति भएको छ । समितिबाट पारित विधेयक अब फूलहाउसमा जानेछ । संघीयता कार्यन्वयनसँग जोडिएकामध्ये निजामतिसम्वन्धी विधेयक पनि एक हो ।  


प्रतिक्रिया