धनकुटामा भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण सुरु

असार ३०, २०८२ | धनकुटा
धनकुटामा भूमिहीन सुकुम्बासीलाई सोमबारदेखि जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण थालिएको छ ।
यसक्रममा पहिलोपटक साँगुरीगढी गाउँपालिकाका पाँच जना भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा उक्त पुर्जा वितरण गरिएको हो ।
भूमिहीन सुकुम्बासी मुक्त बनाउने उदेश्यले पुर्जा वितरण थालिएको आयोगका जिल्ला अध्यक्ष देउमान राईले बताउनुभयो । पहिलो चरणमा प्रतिनिधिसभाका अध्यक्ष तथा पुर्वमन्त्री राजेन्द्रकुमार राई र साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले कञ्चन माझी, आईतबहादुर माझी, विष्णु माझी र सुजित माझीलाई पुर्जा वितरण गर्नुभएको हो ।
जिल्लाका सात वटा पालिकाबाट आयोगमा ५ हजार ६ सय ९३ निवेदन दर्ता भएको मध्ये ३ हजार ४ सय ४७ निवेदनले मान्यता पाएका छन् ।