पाँचथरमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

आश्विन १८, २०८२ | काठमाडौं

तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक–३ कात्तिकेमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका अन्य ६ जनालाई सकुशल उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीका अनुसार, मृतकको पहिचान हुन सकेको छैन । ६ जनाको शव पाँचथर अस्पताल पठाइएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् ।

ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको जिप पाँचथरको कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा परेका अधिकांश ताप्लेजुङकै बासिन्दा रहेको हाम्रा सहकर्मीले जनाएका छन् । दुर्घटनाको कारण खुलिसकेको छैन । 


प्रतिक्रिया