मन्त्री घिसिङ सम्मिलित ‘उज्यालो नेपाल’ नामक दलको औपचारीक घोषणा
मंसिर १७, २०८२ | काठमाडौं
आगामी फागुन २१ मा हुने तय भएको निर्वाचन नजिकिँदै गर्दा नेपालमा फेरि अर्को नयाँ राजनीतिक शक्तिको उदय भएको छ । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसमेत सम्मिलित उज्यालो नेपाल नामक दल गठन भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सो पार्टीको औपचारिक रुपमा घोषणा गरिएको हो ।
कार्यक्रममा नेताहरूले संघीय संरचनामा पनि शासकीय सुधारसहित निर्वाचित प्रधानमन्त्रीले कम्तिमा आधा कार्यकाल सरकार सञ्चालन गर्न पाउने सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका छन् । यस्तै, उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा वर्तमान राज्य व्यवस्थालाई अझै सुदृढ गरेर लैजानुपर्ने र आर्थिक समृद्धिका मुद्दा अगाडि बढाउने उल्लेख गरिएको छ ।











