प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ ८४ लाख ४० हजार थान मतपत्र छपाइ सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

माघ २३, २०८२ | काठमाडौं

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ७० निर्वाचन क्षेत्रका लागि ८४ लाख ४० हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगको पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । छपाइ भएको मतपत्रको सात हजार १ सय ३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

यस्तै, हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट,हुम्ला, जाजरकोट,दैलेख, रुकुम पश्चिम भाग, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ,डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर,इलाम, तेह्रथुम,भोजपुर, ओखलढुंगा,सुनसरी, ताप्लेजुङ,संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गल्मी गरी जम्ममा ३२ जिललको छपाइ तथा प्याकिंग सम्पन्न भएको आयोगले जनाएको छ । 

यसैबीच, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया