नयाँ जनादेशबाट आएको सरकारले सुशासनका लागि काम गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ
चैत्र ३०, २०८२ | काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको शुभकामना दिदै नयाँ जनादेशबाट बनेको सरकारले विधिको शासन, दिगोे शान्ति, सुशासन र सामाजिक न्यायका लागि काम गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
विधि र विधानलाई आत्मसात गर्दै सुसंस्कृत व्यवहार र आचरण विकास गर्दै राष्ट्रिय लक्ष्य पूरा गर्नका लागि अग्रसर हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ । नागरिकलाई केन्द्रमा राखेर विधिको शासन, सामाजिक न्याय तथा देशको स्वाधिनता र सार्वभौमिकताप्रति प्रतिबद्ध हुन उहाँले आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नागरिकको हित र स्वतन्त्रता लागि राज्य संयन्त्र गम्भिर हुनुपर्ने समेत उल्लेख गर्नुभएको छ ।











