इरानमाथि थप आर्थिक चुनौतीको दवाव दिने अमेरिकाको चेतावनी
वैशाख ३, २०८३ | काठमाडौं
इरानसंगको युद्ध अन्त्य सम्झौताका लागि आशावादी भएको जनाएको अमेरिकाले आर्थिक चुनौतीको दवाव दिने चेतावनी समेत दिएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले गत फेब्रुअरीमा सुरु भएको युद्ध करिव करिव अन्त्य हुने क्रममा रहेको विश्वास व्यक्त गर्नुभएको छ ।
युद्ध अन्त्य हुन लागेको आधार हर्मुज जलघांटी सामान्य अवस्थामा रहने समेत उहांले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै, इरान युद्ध अन्त्यका लागि सहमतीमा नआएसम्म त्यहांबाट इन्धन खरिद गर्ने मुलुकलाई प्रतिवन्ध लगाउने चेतावनी समेत अमेरिकाले दिएको छ ।
इरानमाथि असफल प्रतिवन्धका बावजुत अमेरिकाको सो भनाई सार्वजनिक भएको हो ।
अमेरिका र इरानका अधिकारीहरु फेरी वार्ताका लागि आगामी साता पाकिस्तानमा भेट्ने तयारीमा छन् ।
गत आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएसंगै अर्को चरणको वार्ताको तयारी भएको हो ।










