फागुन २१ मै चुनाव हुनुपर्छ : एमाले

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १२, २०८२ | काठमाडौं

एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको नौ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।

सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कफ्र्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताउनु भयो । 

एमाले प्रचार विभाग प्रमुख शाहीले मधेश–तराईका विभिन्न जिल्लामा लगाइएको कफ्र्युले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पु¥याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

अर्को प्रसंगमा शाहीले महान्यायाधिवक्ताको कार्यालयले ‘जेन–जी’ उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण उल्लेख गर्नुभयो ।


प्रतिक्रिया