एमाले महासचिव पोखरेलद्धारा बिजौरी केन्द्रबाट मतदान

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २१, २०८२

दाङ । एमाले महासचिव तथा दाङ–२ का उम्मेदवार शंकर पोख्रेलले तुलसीपुर उपमहानगरपालिका–१९, बिजौरीस्थित जनता क्याम्पस केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपछि प्रतिक्रिया दिंदै उहाँले यो निर्वाचन लोकतन्त्रलाई सही दिशामा लैजाने सवालमा ऐतिहासिक क्षण भएको बताउनुभयो । मुलुकको राजनीतिक स्थायित्वका लागि लोकप्रियतावाद र अराजकता मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले यस निर्वाचनले यस समस्याको हल गर्न भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो । 


प्रतिक्रिया