व्यवसायी शेखर गोल्छा पक्राउ

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०८३ | काठमाडौं

व्यवसायी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोल्छालाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले ईकान्तिपुरलाई बताउनुभयो । 

गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको व्युरोले जनाएको छ । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको बिषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । 

सोही आधारमा धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । जसमा गोल्छा सहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।


प्रतिक्रिया