संघीय संसदको दुवै सदनको अधिवेशन स्थगित

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०८३ | काठमाडौं

सरकारले यही बैशाख १७ का लागि बोलाइएको संघीय संसद्को दुवै अधिवेशन स्थगित गरेको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि बोलाइएको संसद् अधिवेशन स्थगित भएको सूचना जारी गर्नुभएको छ ।

 सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आव्हान गर्नुभएको भोलिपल्ट अधिवेशन स्थगन गरिएको हो । सरकारको आजको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आव्हान गरिएको भोलिपल्ट संसद अधिवेशन स्थगन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 यसैबीच, बजेट अधिवेशनका लागि तयारी नपुगेका कारण संसदको अधिवेशन स्थगित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । त्यसैअनुसार राष्ट्रपतिज्यूले संसद अधिवेशन स्थगित गर्ने निर्णय गर्नु भएको हो।


प्रतिक्रिया