सरकारले औपचारिक रुपमा वार्तामा बोलाएको छैन : यादव

जेष्ठ १२, २०७३ | भैरहवा

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफुहरुलाई बार्ताका लागि आधिकारिक रुपमा नबोलाएको दाबी गर्नुभएको छ । भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले टेण्डर आव्हान गरे जस्तो कसैलाई बार्तामा र कसैलाई सर्वदलीय बैठकमा बोलाएर गैरजिम्मेवारीपन देखाएको आरोप लगाउनुभयो ।

उहाँले सरकार र मोर्चाबीच अहिलेसम्म ३६ पटक बार्ता भएपनि राज्य पक्ष लचक नभएकाले सहमति हुन नसकेको दाबी समेत गर्नुभयो । बार्ता सफल बनाउन मधेसी मोर्चासंग बिगतमा भएका सहमतिको कार्यान्वयन, संविधान पुनर्लेखनको प्रतिबद्धता र पक्राउ परेका मोर्चाका कार्यकर्ता रिहाई गरेर विश्वासको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सरकारमा रहेका दलले स्थानीय निकायको निर्वाचन गरेर राज्यका निकाय कब्जा गर्ने उद्देश्य राखेको भन्दै यादवले मुलुक संघीयतामा गईसकेपछि स्थानीय तहको निर्वाचन प्रादेशिक संरचना अन्तर्गत हुने उल्लेख गर्नुभयो ।

 


प्रतिक्रिया