अर्घाखाँचीमा जिप खस्यो, ११ को मृत्यु

भाद्र १२, २०७३ | कास्की

अर्घाखाँचीको हंसपुरस्थित रतनमारेमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ९ र उपचार गर्न सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मी पुर्काेदह–८ का ५९ वर्षीय भेषबहादुर थापा, प्युठान भनभने–१ का ५५ वर्षीय बुद्धिराम परियार, प्युठान बाङगेमरोठ– ८ का ६८ वर्षीय सोमासिंह रोका मगर, अर्घाखाँची हंसपुर–४ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र हंसपुरक–४ का मिनबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, हंसपुर–१ का ३६ वर्षीय देवबहादुर थापा, सनपा– २ की सीता नेपाली, गाडीधनी किमडाँडाका नारायण राना, धारापानी–६ की ३६ वर्षीया कमला पौडेल, गुल्मी पुर्काेदह–४ का शिव कुँवर र अर्घाखाँची हंसपुर–५ का हुमबहादुर घमको पनि ज्यान भएको छ ।

गंभिर घाइते चार जनाको सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको छ । दुई जनाको सन्धिखर्कमै उपचार भइरहेको छ । जिप सडक देखि करिब सात किलोमिटर तल झरेको छ । उकालो चढदै गर्दा ब्रेक फेल भएपछि जिप दुर्घटना भएको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

साँघुरो बाटो भएकाले दुर्घटना भएको हो । घटनास्थल सदरमुकाम देखि ३० किलोमिटर पश्चिममा पर्छ । गाडी चालक उत्तम श्रीसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया