तीन महिनामै महिलाको मुद्दा किनारा लगाउ : प्रधानन्यायाधीस
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2017/politics/p-11012017064344.jpg&w=700&height=600)
पुस २७, २०७३ | खोटाङ
प्रधानन्यायाधीस सुशिला कार्कीले महिलाका मुद्दा कम्तिमा तीन महिना भित्र सक्न निर्देशन दिनु भएको छ । खोटाङमा आज जिल्ला अदालत भवन उद्घाटन गर्दै प्रधानन्यायाधीस कार्कीले महिलाको अंश लगायतका मुद्दा छिटो भन्दा छिटो किनारा लगाउन नर्देशन दिनु भएको हो ।
उहाँले छिटो छरितो न्याय सम्पादन न्यायलयको प्राथमिकतामा रहेकाले त्यसकै आधारमा कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । खोटाङजस्तो पहाडी जिल्लामा हुने छिटो छरितो न्याय सम्पादनले न्यायलयप्रतिको विश्वास बढ्ने उहाँको उल्लेख गर्नुभयो ।
मेलमिलापले दुबै पक्षको जित हुने भएकाले मेलमिलापका लागि पनि न्यायाधीसले जोड दिनुपर्ने उहाँको भनाई थियो ।