एसिड प्रहारबाट घाईते युवतीको मृत्यु

माघ २४, २०७३ | भैरहवा

एसिड प्रहारबाट गम्भीर घाईते नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ बर्षिया तुलसी सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित मेरीडियन होटेलमा एसिड प्रहारबाट गम्भीर अवस्थामा फेला परेकी सापकोटाको केहीबेर अघि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

सापकोटालाई एसिड प्रहार गर्ने धादिङ्ग नौबिसेका २८ बर्षिय सुनिल कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होलटमा संगै बसेका कोईरालाले उनलाई राती सुतेको समयमा एसिड प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

एसिड प्रहारको कारण खुल्न नसकेको बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासीनीले बताउनुभयो । 

 


प्रतिक्रिया