मुग्लिन नारायणगढ सडकखण्ड आजवाट निर्वाध सञ्चालन
वैशाख २५, २०७४ | चितवन
निर्वाचनमा मतदातालाई आवतजावत गर्न सहज बनाउन मुग्लिन नारायणगढ सडकखण्डमा आजबाट सवारी साधन निर्वाध सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सडक दैनिक विहान १० देखि ४ बजे सम्म बन्द गरिदै आएको थियो ।
सहज आवतजावतका लागि आजदेखि ३ गतेसम्मका खुल्ला गर्न लागिएको निर्माण आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
दैनिक ६ हजार भन्दा बढी सवारी साधन आवागमन गर्ने मुग्लिन देखि नारायणगढ सडकखण्ड चौबिसै घण्टा सञ्चालन हुँदा राजधानीबाट बिभिन्न स्थान पुग्ने यात्रुलाई सहज हुनेछ ।
आउँदो पुस सम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सडक खण्डको निर्माण अहिलेसम्म ५० प्रतिशत मात्र पुरा भएको छ ।