बुढीगण्डकी निर्माण अनिश्चित बनेको डुवान प्रभावितको गुनासो
जेष्ठ ५, २०८१ | काठमाडौं
गोरखामा फिल्ड कार्यालय स्थापना पछि पनि बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण अनिश्चित वनेको डुवान प्रभावितले बताएका छन् ।
चालु आर्थिक वर्ष आयोजनाको काम अलपत्र अवस्थामा रहेको आज डुवान प्रभावितले पत्रकार सम्मेलन गरि बताएका हुन् ।
चालु आर्थिक वर्ष बुढीगण्डकी जलविद्युत आयोजनाका लागि विनियोजन भएको एक अर्व रुपैया खर्च हुन नसकेको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताउनुभयो ।
मुआब्जा वितरण शुरु भएयताको ७ वर्षको अवधिमा विनियोजन भएको रकम खर्च हुन नसक्ने अवस्था यसै वर्ष सिर्जना भएको उहाँले बताउनुभयो ।