पौडी खेल्ने क्रममा डुबेर तनहुँमा २ जनाको मृत्यु

जेष्ठ ५, २०८१ | तनहुँ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा बन्दीपुर ६ का २० वर्षीय विनोद गुरुङ र सोही स्थानका २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो ।
अन्य चारजना भने सकुशल छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।