मन्त्रीको घरमा बिस्फोट

मंसिर ९, २०७४ | सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगञ्जस्थित पशुपन्छी विकास राज्य मन्त्री एवं काँग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार शम्भुलाल श्रेष्ठको घरमा विहान प्रेसर कुकर बम बिष्फोट भएको छ ।

घरको कम्पाउण्ड वाल वाहिरपट्टि बम बिष्फोट गराइएको प्रहरीले जनाएको छ । बम बिष्फोट हुंदा मन्त्री श्रेष्ठ घरमै थिए । बिष्फोटले कम्पाउण्ड पर्खालको सानो हिस्सा भत्किएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया