प्रशासनको काम जनप्रतिनिकै काँधमा

माघ १७, २०७४ | डोटी

 -  डोटीका स्थानीय तहमा वडा सचिव नहुँदा प्रशासन जिम्मेवारी पनि जनप्रतिनिधिले उठाउनु पर्ने बाध्यता आएको छ । अनुभव र ज्ञानको अभावमा जनप्रतिनिधिहरुले प्रशासनको समेत जिम्मेवारी सम्हाल्नु पर्दा स्थानीय तहको काममा सुस्तता आइरहेको छ । पञ्जीकरण देखि विभिन्न सिफारिस, वडाको हिसाब राख्न, कागजात मिलाउन, योजनाहरुको कार्यान्वयन तथा अनुगमन गर्ने काममा आफै खटिनु परेको गुनासो जनप्रतिनिधिहरुले पोखेका छन् ।

डोटीमा ९ स्थानीय तहमा रहेका ६५ वडा मध्य ३२ वडामा सचिव छैनन् । कतिपय स्थानीय तहका वडाहरुमा एकै कर्मचारीले ३ देखि ४ वडाका सचिवको जिम्मेवारी बोकेका छन् भने कतिपय स्थानीय तहहरुमा प्रशासकीय अधिकृतले नै सचिवको भूमिका निभाएर सहयोग गरिरहेका छन् ।

 


प्रतिक्रिया