प्रदेश ७ : वाम गठबन्धनका उम्मेदवार विजयी

माघ २४, २०७४ | डोटी

प्रदेश नम्बर ७ मा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित कोटाबाट एमालेका चक्र स्नेही र अपाङ्ग कोटाबाट महेश कुमार महरा विजयी हुनु भएको छ । स्नेहीले ३ हजार ७ सय ८ मत प्राप्त गर्नुभयो उहाँका निटकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शेरेराम पार्कीले एक हजार ८ सय ९० मत प्रापत गर्नुभयो ।

अल्पसंख्यक अपाङ्गतर्फ माओवादी केन्द्रका महेश कुमार महराले ३ हजार ७ सय ८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका छत्रराज जोशीले एक हजार ९ सय ८ मत प्राप्त गर्नुभयो । डोटी २ सय २९ मतदाता रहेका थिए । जस्मा दुई जना मतदान गर्न अनुपस्थित रहेका थिए । 

 


प्रतिक्रिया