एक हजार ९४० विद्यार्थी अनुपस्थित

चैत्र ८, २०७४ | डोटी

माध्यामिक शिक्षा परीक्षा (एसईई) मा डोटीमा एक हजार ९ सय ४० विद्यार्थी अनुपस्थित भएका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको जानकारी अनुसार अनुपस्थित हुनेमा नियमित भन्दा एक्जाम्टेड तर्फका बढी छन् । नियमिततर्फ ८ सय ९५ विद्यार्थी अनुपस्थित रहेको क्षेत्रीय शिक्षा निर्देशनालय परीक्षा फाँटका मोहन बहादुर कठायतले बताउनुभयो । एक्जाम्टेड तर्फ एक हजार ४५ अनुपस्थित रहेको उहाँले बताउनुभयो । नियमित तर्फ ४९ हजार ६ सय ३७ र एक्जाम्टेडतर्फ ३ हजार एक सय ११ विद्यार्थीले परीक्षा दिएका छन् ।

प्रदेश ७ मा एसईई परीक्षाका लागि परीक्षा फर्म ५५ हजार २ सय २८ विद्यार्थीले भरेपनि ५ सय ४० विद्यार्थी विविध कारणले परीक्षा दिन अयोग्य रहेका थिए । अनुपस्थित हुनेको संख्या छात्र भन्दा छात्रा बढी रहेको क्षेत्रीय शिक्षा निर्देशनालय परीक्षा फाँटका मोहन बहादुर कठायतले बताउनुभयो । एक हजार ४९ विद्यालयबाट २८ हजार ८ सय ३२ छात्राहरु मध्य एक हजार ४५ अनुपस्थित भएका छन् । २५ हजार ८ सय ५६ छात्र मध्य ८ सय ९५ मात्र अनुपस्थित थिए ।

सबैभन्दा बढी कैलालीमा अनुपस्थित भएका छन् भने कम डडेल्धुरामा छन् । अनुपस्थित हुने विद्यार्थी कैलालीमा ४ सय ७७, अछाममा ३ सय, दार्चुलामा २ सय ५८, कञ्चनपुरमा २ सय ४२, बाजुरामा १ सय ७२, बझाङमा १ सय ६९, बैतडीमा एक सय ९२, डोटी ६७ र डडेल्धुरामा ६३ रहेका छन् । 

 


प्रतिक्रिया