अध्यक्षहरुको विवादका कारण गाउँ परिषद् प्रभावित

श्रावण २८, २०७५ | रुपन्देही

गाँउपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुबीचको आपसी विवादले रुपन्देहीको मर्चवारी गाँउपालिकाको गाँउ परिषद् प्रभावित भएको छ । आफू अनुकुलको बजेट बनाइनु पर्ने विषयमा मर्चवारी गाँउपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुबीच असार १० गतेदेखि उत्पन्न विवादले गाउँ परिषद अझै सम्पन्न हुन सकेको छैन् ।

असार १० गते भित्र गाँउपालिकाले गाँउ सभामा बजेट पेश गर्नु पर्ने र उक्त बजेटलाई असार मशान्तसम्ममा गाँउ परिषद्बाट पारित गराइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । गाँउ परिषद् नै सम्पन्न हुन नसक्दा पेश गरिएको बजेट पास हुन सकेको छैन । जसका कारण चालु आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम अन्यौलमा परेको छ । 

गाँउपालिका अध्यक्ष केशवनन्द बानियाँले वडामा छुट्याइएको बजेट बाहेक पौने ३ करोड रुपैयाँको बजेट आफू खुशीको निर्माण कार्यमा प्रयोग गर्न पाउनु पर्ने र वडा अध्यक्षहरुले आफ्नो वडामा १/१ करोडका योजना आफै सञ्चालन गर्न पाउनु पर्ने माग राखेपछि जनप्रतिनिधिबीच आपसमा विवाद भएको हो ।

बजेट सीमित भएका कारण जनप्रतिनिधिले माग गरे अनुसार बजेट उपलब्ध गराउन नसकिएको र दुई पक्षबीचको विवादले परिषद् सम्पन्न हुन नसकेको गाँउपालिकाका कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलले बताउनुभयो । दुबै पक्षले अ–आफ्नो कुरा मान्नु पर्ने दवाव कर्मचारीलाई दिन थालेपछि कर्मचारी तनावमा पर्न थालेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया