भन्सार छलेर ल्याईएका ३२ लाख बढीका कपडा बरामद

आश्विन ४, २०७५ | बिराटनगर

भन्सार छलेर ल्याएको ३२ लाख २१ हजार ६ सय ५० रुपैयाँ बराबरको कपडा झापाको बिर्तामोडबाट बरामद भएको छ । विर्तामोड–५ मित्रनगर त्रिवेणी चोकमा रहेको राजीव जैनको घरमा गोदाम गरि राखेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व चुहावट नियन्त्रण गुल्म इटहरीले ती कपडा बरामद गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरीका डिएसपी रामकुमार सिंहको नेतृत्वमा गएको टोलीले छापा मार्दा नक्कली प्रज्ञापन पत्र देखाइ भन्सार छलेर ल्याएको भेटिएको छ । 

राजश्व चुहावट नियन्त्रण गुल्मको टोलीले सर्टिङको ७ रोल ९१ मिटर कपडा, सुटिङ ३७ थान ४ सय ७ मिटर, सुति कपडा २४ मिटर, कटन ढाका प्रिन्ट कपडा ५० थान ९ सय मिटर, सुति साडी १६ सय ८० पिस बरामद गरेको छ ।

त्यस्तै अन्य कपडाहरुमा कुर्तासलवार ३ सय १० मिटर, सुति कपडा ढाका प्रिन्ट ६ सय मिटर, चिप्लो साडी १ सय ५५ पिस, सादा कपडा १ सय २० मिटर, पोप्लिङ कपडा ५ सय मिटर, पर्दाको कपडा १ सय ८९ मिटर लगायतको परिमाणमा बरामद गरेको हो । 

चाडपर्वको बेला कपडाको माग बढी हुने भएकाले भन्सार छलेर भण्डारण गरिएको सुराकको आधारमा छापा मार्दा सो परिमाणको कपडा फेला परेको डिएसपी सिंहले बताउनुभयो । 


प्रतिक्रिया