ललितपुर महानगरमा स्नान कक्ष सहित सार्वजनिक शौचालय

वैशाख २७, २०८१ | काठमाडौं

ललितपुरको जावलाखेलमा स्नान कक्ष सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।

ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री शौचालय सञ्चालनमा ल्याएको हो । शौचालयमा सेनेटरी प्याड समेत पाइन्छ ।

शिशुलाई स्तनपान गराउनका लागि समेत छुट्टै ठाउँको व्यवस्था गरिएको छ ।

शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरु सफा भएको बताउनुभयो ।

असल अभ्यास अवलोकन गर्ने क्रममा बंगलादेशको सार्वजनिक शौचालयमा स्नान कक्ष देखिपछि महानगरले प्रत्येक वडामा बनाउँदै गरेको शौचालयको डिजाइन परिवर्तन गरी स्नानकक्ष थप गरेको उहाँले बताउनुभयो ।

प्रत्येक वडामा स्मार्ट शौचालय बनाउने महानगरले जनाएको छ ।


प्रतिक्रिया