हत्या घटनाको १४ वर्षपछि अरोपित पक्राउ

आश्विन १४, २०७५ | नेपालगञ्ज

नेपालगञ्जका सुन ब्यवसायी हेमकार परिवारका पाँच जनाको हत्या घटना भएको १४ वर्षपछि बाँके प्रहरीले एक आरोपितलाई पक्राउ गरेको छ । हत्याको मुख्य आरोपि भनिएका भारत लखनउ सीतापुर प्रियदर्शनी कलोनीरोडका ६४ वर्षीय किशोरीलाल सोनीलाई प्रहरी पक्राउ गरेपछि उक्त घटनाको अनुसन्धानको बाटो खुलेको हो ।

पक्राउ परेका सोनी हत्या गरिएका नेपालगञ्ज उपमहानगरपालिका ११ सदरलाईनका दिपक हेमकारका ससुरा हुन् । उनी नेपालगञ्जको सदरलाईनस्थित घरमा न्यू दीप ज्वेलर्स ब्यवसाय गर्दै आएका थिए ।

दिपकसंगै उनका हजुरमा आमा ८२ वर्षीया गुलाबदेबी हेमकार, बुबा ६२ वर्षीय जगदेब हेमकार, आमा ४५ वर्षीया सितादेवी हेमकार र उनीहरुको घरमा काम गर्ने खासकुस्मका १५ वर्षीय रामशनिच्चर चौधरीको ०६२ फागुन २३ गते राति घाँटी रेटेर हत्या भएको थियो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले हेमकार हत्या घटनामा ठूलो सफलता पाएको बताउनुभयो । उहाँका अनुसार उक्त घटनामा संलग्न ब्यक्तिहरुको पहिचानका लागि अनुसन्धानको दायरा फराकिलो पारिएको छ ।

हेमकार हत्याको आरोपमा प्रहरीले सोनीलाई शनिबार नेपागञ्जको जमुनाहाबाट पक्राउ गरेको हो । उनी नेपालगञ्ज आईरहेको सूचना पाएपछि प्रहरी परिचालन गरिएको थियो । 

 


प्रतिक्रिया