लागू औषध सहित एक दम्पती पक्राउ

आश्विन ३१, २०७५ | भैरहवा

ठूलो परिमाणको लागू औषध सहित एक दम्पतीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको टोलीले रुपन्देहीको सिद्धार्थ नगरपालिका २ भेउदीहवा बाट उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समरीमाई गाउँपालिका २ का २४ वर्षीय ओम प्रकाश हरिजन र उनकी श्रीमती गुरिया हरिजनलाई रहेका छन् । उनीहरुको साथबाट फेनरागन २ सय थान, डाइजेपाम २ सय थान र मोफिन २ सय थान बरामद भएको प्रहरलिे जनाएको छ ।

भारतबाट साइकलमा नेपाल आउने क्रममा सुरक्षा जाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको लागू औषध बरामद भएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २७ का एसपी सुर्दशन प्रसाद शर्मा शिलवालले बताउनुभयो ।

बरामद भएको लागू औषध सहित दुबै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया