मानव अधिकार उल्लंघनका घट्ना न्यून मात्र अदालतमा : प्रधानन्यायधीश

कार्तिक ५, २०७५ | भैरहवा

प्रधानन्यायधीश ओम प्रकाश मिश्रले मानव अधिकार उल्लंघनका घट्ना न्यून मात्र अदालतमा आउने गरेको बताउनु भएको छ । रुपन्देहीको भैरहवामा आयोजित मानव अधिकार सम्बन्धी कार्यक्रममा प्रधानन्यायधीश मिश्रले नेपालमा एक सय वटा मानव अधिकार उल्लंघनका घटना घट्दा मुस्किलले १५ प्रतिशत मात्रै अदालत सामु आउने गरेको बताउनुभयो ।

आफूमाथि अन्याय भएको सहेर बस्ने तीनै ८५ प्रतिशत जनता आफूमाथि अन्याय भएको र अवसर नपाएको गुनासो गर्ने गरेको उहाँले बताउनुभयो । आफ्नो मानव अधिकार हनन् भएर पनि चुपचाप सहेर बस्ने ८५ प्रतिशत जनतालाई पनि अगाडी आउने बातावरण बनाउन उहाँले मानव अधिकारवादी संघ संस्थालाई आग्रह गर्नुभयो ।

प्रधानन्यायधीश मिश्रले ऐन, कानून र नियमकै आधारमा न्याय दिइने भएकाले जित/हार भन्ने कुरा कानून बमोजिम नै हुने र अन्य कुरा मित्थ्यामात्र भएको दाबी गर्नुभयो । जस्तोसुकै विषम परिस्थिति आइपरे पनि न्यायपालिका आफ्नो दायित्वबाट कहिले पनि बिचलन नहुने उहाँले बताउनुभयो ।                                           

 


प्रतिक्रिया