माथिल्लो डोल्पामा बुद्धका मूर्ति चोरिए

कार्तिक १०, २०७५ | डोल्पा (दुनै)

माथिल्लो डोल्पाको एक गुम्बाबाट ३ दर्जन बढी मूर्ति चोरी भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका ४ रापास्थित राप टासिछोलिङ् गुम्बाबाट ३ दर्जन भन्दा बढी बुद्धका मूर्तिहरु र एउटा स्तुपा चोरी भएको वडा अध्यक्ष पेमा वाङ्छेन गुरुङ्ले बताउनुभयो ।

मूर्ति चोरी भएको जानकारी प्राप्त हुने बितिकै खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय दुनैबाट प्रहरी टोली पठाउने तयारी गरिएको डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनुभयो ।

डोल्पामा वर्षेनी विभिन्न मन्दिर र गुम्बाबाट मूर्ति चोरी हुने गरेको छ ।   


प्रतिक्रिया