पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी

कार्तिक २७, २०७५ | भैरहवा

राजस्व अनुसन्धान कार्यलय बुटवलले पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी गरेको छ । राजस्व छलेको आशंकामा राजश्व कार्यालयले भैरहवास्थित पशुपति ट्रान्सपोर्ट कम्पनीमा शिलबन्दी गरेको हो ।

राजस्व छलेको सूचनाको आधारमा भैरहवाबाट जाँदैं गरेको लु १ च ८१०७ नम्बरको जिप सहित राजस्वको टोलिले मंगलबार बुटवलबाट १३ बोरा कपडा बरामद गरेपछि अनुसन्धानको क्रममा उक्त कम्पनीमा शिलबन्दी गरिएको हो ।

बुटवलमा समातिएको जिपको चालकको बयानको आधारमा आफूले ढुवानी गरेको ती समान पशुपति ट्रान्सपोर्ट कम्पनीबाट लोड गरेको बताएपछि अनुसन्धानका क्रममा उक्त कम्पनीको गोदाममा थप अनुसन्धान गर्नुपर्ने देखिएकोले शिलबन्दी गरिएको राजस्व अनुसन्धान कार्यलयका  सूचना अधिकारी नवराज अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार नियन्त्रणमा लिईएको जिप र कपडाको बिल बिजक शंकास्पद रहेको छ । पशुपति ट्रान्सपोर्टको गोदाममा रहेको अन्य सामग्रीको बिल बिजकको वैधानिकताका बारे पनि थप अनुसन्धान हुने कार्यालयले जनाएको छ । 


प्रतिक्रिया