एकजुट भएर अघि नबढेसम्म पार्टीमा सुधार आउंदैन : देउवा

मंसिर ६, २०७५ | काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातबाट मुक्त नभएसम्म पार्टीमा सुधार नआउने बताउनुभएको छ । आन्तरिक द्वन्दका कारण गएको संसदीय निर्वाचनमा काँग्रेसले ठूलो पराजय व्यहोरेको भन्दै उहाँले एकजुट भएर अघि नबढेसम्म पार्टीमा सुधार नआउने बताउनुभयो ।

नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा राय सुझाव संकलनका लागि भैरहवामा आज आयोजित ५ नम्बर प्रदेशीय कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अन्तरघातको रोगबाट पार्टीलाई मुक्त बनाएर हिँड्नुपर्ने अबको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

दुई तिहाइ बहुमतको वर्तमान सरकारले प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाउँदै सभापति देउवाले मुलुक बचाउन कम्युनिष्ट विरुद्ध अन्तिम लडाइँ लड्ने समय आएको बताउनुभयो । 


प्रतिक्रिया