अपहरणमा परेकी प्रदेश सांसद मल्ललाई प्रहरीले भेट्टायो

फाल्गुन २४, २०७५ | बझाङ

अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका(५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ । थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया