तनहुँमा भएको बस दुर्घटनामा एकको मृत्यु, ३ घाइते 

चैत्र ८, २०७५ | दमौली

तनहुँको ऋषिङ्गमा बिहीबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा परी ऋषिङ्ग वडा नम्बर ६ का ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दमौलीबाट पूरानो ऋषिङ्ग जाँदै गरेको ग १ ख ७५३४ नम्बरको बस दुर्घटना भएको हो  । 


प्रतिक्रिया