प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरे पछि चैनपुरमा तनाव 

चैत्र ८, २०७५ | बझाङ

- स्वाथ्यकर्मीमाथि प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको घटनालाई लिएर आज दिनभर बझाङको चैनपुर बजार तनावग्रस्त रह्यो । कुटपिटको विरोध गर्दै कर्मचारी र स्थानीयले नाराजुलुस गर्दै बजार बन्द गराए । कर्मचारीहरु आन्दोलित भएपछि सरकारीे कामकाजसमेत प्रभावित भयो ।

हेलमेट राम्रो सँग नलगाएको निहुँमा प्रहरीले सुनिकोट स्वास्थ्य चौकीका ईन्चार्ज नरजित खड्कालाई गएराती कुटपिट गरेको घटनालाई लिएर स्थानिय र कर्मचारी आक्रोसित भएका थिए ।

वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक अमरसिंह भण्डारी नेतृत्वको प्रहरी टोलीले लोकतान्त्रिक चोक नजिक खड्कालाई नियन्त्रणमा लिएर कुटपिट गरेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता गरेपछि चैनपुरबजार साँझदेखि शान्त बनेको छ ।  


प्रतिक्रिया