हावाहुरीका कारण बारामा कम्तीमा २७ को मृत्यु 

चैत्र १८, २०७५ | बारा

असिना र पानीसँगै आएको हावा हुरीले मध्य तराईको बारा, पर्सा र रौतहटमा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । 

चार सय जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घरमाथि विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । 


प्रतिक्रिया