गत साताको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

चैत्र २१, २०७५ | बारा

गत साता बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । भीषण हुरीको चपेटामा परी घाइते भएका थप दुई जनाको मृत्यु भएको हो । हावाहुरीमा परी बारामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । पर्सा जिल्लाको एक र बाराको २८ गरी दुबै जिल्लामा गरी मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाराको फेटा गाउँपालिका–६, पुरैनियाका फिरोज आलमको ५ वर्षीय छोरा फैयाजको मंगलबार वीरगन्जस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी, बुधवार सुवर्ण गाउँपालिका–४ हर्दियाकी ५५ वर्षीया प्रभादेवी यादवको मृत्यु भएको छ । 

उनको हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको थियो । उपचारपछि घर फर्केको भोलिपल्ट (बुधवार) मृत्यु भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले बताउनुभयो । यसैबीच राष्ट्रिय जनता पार्टी राजपाले हुरीमा ज्यान गुमाएका परिवारलाई जनही ११ हजार उपलब्ध गराएको छ ।

मृतकको काजक्रिया गर्न उक्त रकम उपलब्ध गराइएको पार्टीले जनाएको छ । पार्टीको प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक याृजना विकास मन्त्री जितेन्द्र सोनलले सो रकम बुधबार मृतक परिवारलाई हस्तानतरण गर्नुभयो । 


प्रतिक्रिया