२ सय १२ केजी गाँजा सहित हेटौंडाबाट तीन पक्राउ 

चैत्र २१, २०७५ |  हेटौंडा

लागू औषध गाँजा सहित तीन जनालाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका तीनै जना र बरामद गरेको लागू औषधसहित जिल्ला प्रहरी कार्यालय हेटौंडाले पत्रकार सम्मेलन गरेर बिहीबार सार्वजनिक गरेको हो । 

प्रहरीले पूर्व पश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपािलका—३ तीन ताप्केबाट २ सय १२ केजी गाँजा सहित महोत्तरी बर्दिवास—११ का ३६ वर्षीय राजजस यादव र १९ वर्षीय उज्वल गुर्मछाने मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ३७६९ नम्बरको गाडीको सुरक्षा जाँच गर्ने क्रममा सो परिमाणको गाँजा फेला परेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । गाडीको ढालामा राखिएको त्रिपालमा ३० वटा प्लाष्ट्रिकको पोकामा प्याक गरेको गाँजा लुकाएको अवस्थामा फेला परेको हो उहाँले जानकारी दिनुभयो ।

प्रहरीले गाडी, गाजाँसहित २ जनालाई पक्राउ गरेको छ । यसैगरी  हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेस्थित इलाका प्रहरी कार्यालयले लागू औषधसहित चितवन राप्ती नगरपालिका—४ का ३७ वर्षीय लक्ष्यवहादुर राईलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ९१६५ नम्बरको बस रोकेर प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले राईको साथबाट नाइट्रोभेट १२७ ट्याबलेट, १० एम्पुल डाईजेपाम, १० एम्पुल ब्युनोर्फिन र १० एम्पुल फेनार्गन बरामद गरेको थियो । 


प्रतिक्रिया