डा.शर्माको संघीयता सम्बन्धी पुस्तक बजारमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

डा. रुद्र शर्माद्वारा लिखित नेपाल, भारत र अमेरिकामा संघीय विवाद र निरूपण नामक पुस्तक बजारमा आएको छ । ललितपुरको पुल्चोकस्थित रेडियो कान्तिपुरमा आयोजित कार्यक्रमबीच सोमबार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वसभामुख दमननाथ ढुङ्गानाले पुस्ततको संयुक्त विमोचन गर्नुभयो । 

१० वटा खण्डमा समेटिएको सो पुस्तकमा संघीयताको विषय समेटिएको छ । अमेरिका र भारतमा भएका संघीयताका अभ्यासलाई पुस्तकमा समेट्दै विवाद र निरुपणका उपाय समेत सुझाईएको छ । लेखक डा.रुद्र शर्माले भारत र अमेरिकामा समेत संघीयता सम्बन्धमा देखिएका विवाद समाधान भएको र नेपालमा कार्यान्वयनको क्रममा रहेको संघीयतालाई सहज बनाउन धेरै उपायहरु पुस्तकमा समेटेको बताउनुभयो । 

पुस्तक विमोचन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल सहित भारत र अमेरिकाको संघीयताको विषय पनि समेटिएकाले तुलनात्मक अध्ययन गर्न पुस्तक प्रभावकारी हुने उल्लेख गर्नुभयो । पूर्वसभामुख ढङ्गानाले संघीयता कार्यान्वयनलाई यस्ता पुस्तकले थप टेवा पुग्ने उल्लेख गर्नुभयो । 

लेखक शर्मा संघीयतासम्वन्धी कानूनमा पीएचडी गर्ने पहिलो नेपाली हुन् । शर्माले संघीयतामा प्रदेश सरकार नै वास्तविक सरकार भएपनि आफ्नो अस्तित्व स्थापित गर्न नसकेको बताउनुभयो । 


प्रतिक्रिया