कांग्रेस राजतन्त्र फर्काउने षड्यन्त्रमा लाग्यो : प्रधानमन्त्री ओली

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस राजतन्त्र फर्काउने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । लामो संघर्षपछि आएको लोकतन्त्रमा कांग्रेसले भने अझै पनि शासक प्रवृत्तिलाई त्याग्न नसकेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कम्युनिष्ट स्थापना दिवसको अवसरमा राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्क्री ओलीले लोकतान्त्रिक शत्तिविरुद्ध प्रतिक्रियावादीहरुसंग साँठगाँठ गर्दा कंग्रेस सकिएको दाबी समेत गर्नुभयो । 

राष्ट्रियताको पक्षमा कांग्रेसले सहि बाटो पहिल्याउन नसकेको प्रधानमन्त्री ओलीको भनाई छ ।  २ हजार ७ साल पछिका सबैखाले परिवर्तनमा कंग्रेसले सहयात्री दलहरुविरुद्ध नै खनिने रणनीति लिएको र शासक वर्गकै साठगाँठमा लागिरहेको आरोप समेत प्रधानमन्त्री ओलीले लगाउनुभयो । 

परिवर्तनलाई आत्मसात गरेर आर्थिक समृद्धिको नयाँ युगमा सहयात्रा गर्न समेत प्रधानमन्त्री ओलीले कांग्रेसलाई आग्रह गर्नुभयो । सरकारका गलत कदम विरुद्धको खबरदारीका लागि भन्दै कांग्रेसले आगामी बिहीबार देशव्यापी जागरण अभियान गर्ने घोषणा गरेलगत्तै प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो । 


प्रतिक्रिया