राजपाको पदाधिकारी बैठक आज पनि बस्दै

वैशाख १०, २०७६ | काठमाडौं

– राष्ट्रिय जनता पार्टी राजपाको पदाधिकारी बैठकमा आज सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपसमहासचिवले धारणा राख्ने कार्यसूची तय भएको छ । हिजो अध्यक्ष मण्डलका ६ जना नेताले धारणा राखेकाले आज अन्य नेताले धारणा राख्ने महासचिव मनिस कुमार सुमनले जानकारी दिनुभयो । अस्तिपहिलो दिन शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक हिजो अध्यक्ष मण्डलका नेताले धारणा राखेपछि सकिएको थियो ।

महाधिवेशन लक्षित बैठकमा धारणा राख्ने अध्यक्ष मण्डलका नेताको फरक फरक अभिव्यक्ति आएको छ । अध्यक्ष मण्डलको नेतृत्व गरिरहेको शरदसिंह भण्डारीले ६ वटा दल मिलेकाले पहिले एकता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादवले पहिले विधान र सदस्यताको विषय टुङ्ग्याउनु पर्ने बताउनुभयो ।

महाधिवेशनको विषयमा अध्यष मण्डलका नेताको फरक फरक धारणा आएपनि पदाधिकारी सबैको धारणापछि निष्कर्षमा पुग्ने सुमनले बताउनुभयो । पार्टी एकता भएको एक वर्षमा महाधिवेशन गर्ने भनिएपनि दुई वर्ष बितिसक्दासम्म महाधिवेशन हुन सकेको छैन । 

 


प्रतिक्रिया