अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक सुटुक्क विशेष अदालतमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६

- सेवाग्राहीसँग घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले बयान लिईरहेको छ । अख्तियारले गत चैत १२ गते आफ्नै पूर्व आयुक्त पाठकविरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अदालतले उपस्थीत जनाउन पत्राचार गरेपछि उनी आज सुटुक्क अदालत पुगेका हुन् । अदालतका न्यायाधीश एवं अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा पाठकविरुद्ध थुनछेक बहस भइरहेको छ ।

 भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउन कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए । पाठकको राजिनापछि अख्तियारले छानबिन सुरु गरेको हो । भ्रष्टाचार निवार गर्ने संवैधानिक निकाय अख्यिारका पूर्व आयुक्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो ।    

 


प्रतिक्रिया