गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्रीबीच भेटवार्ता

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६ | काठमाडौं

गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच भेटवार्ता भएको छ ।  गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो । उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरीकाको सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताउनुभयो ।

 


प्रतिक्रिया