दुई पक्षबीचको सम्झौता पछि मुड्केचुलामा अस्पताल 

जेष्ठ ८, २०७६ | डोल्पा

डोल्पाको मुड्केचुला गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष सविता कुमारी रोकाया र वडा नम्बर ४ वडा वडाध्यक्ष जगबहादुर रोकायाबीच सहमतिपछि अस्पताल निर्माणको लागि स्थान तोकिएको हो ।

यसअघि, गाउँपालिकाले अस्पताल बनाउन लागेको स्थान आफूहरुलाई अपायक पर्ने भन्दै वडाध्यक्ष रोकायाले अस्पतालको नाममा जग्गा पास गर्ने काममा अवरोध गर्दै आएका थिए । गाउँ कार्यपालिकाको बैठकले आफ्नो अनुउपस्थितिमा १५ शैय्या अस्पताल बनाउने ठाउँ तोकेको भन्दै वडा नम्बर ४ अध्यक्ष रोकायाले उजुरी दिएपछि अस्पतालको नाममा जग्गा पास गर्ने काम रोकिएको थियो ।

अस्पतालको नाममा जग्गा दर्ता नभएकाले यो वर्ष कर्णाली प्रदेश सरकारले मुड्केचुला गाउँपालिकामा १५ शैय्या अस्पताल बनाउन दिएको एक करोड २० लाख रकम फिर्ता हुने भएपछि दुबै पक्षबीच सहमति पछि अस्पतालको नाममा जग्गा नामसारी गरी अस्पताल निर्माण कार्य सुरु गर्ने बाटो खुलेको छ । 


प्रतिक्रिया