भारतीय शैक्षिक मेला जेठ ३१ गतेबाट  

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

भारतीय शैक्षिक मेला २०१९ काठमाडौंमा आगामी जेठ ३१ गतेदेखि सुरु हुने भएको छ ।  भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित मेला त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा मेला हुने भएको हो ।

स्टडी इन इण्डिया भन्ने नाराका साथ आयोजना हुने मेलामा प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थी लक्षित एक्स्पो दुई दिनसम्म चल्नेछ । एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारी बारे जानकारी दिईने आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिनुभयो ।

एक्स्पोमा विशेष गरि ईन्जीनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुर्वेद लगायत संकायबारे जानकारी दिईने उहाँले बताउनुभयो । मेलामा ४० भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया