मानव अधिकार उल्लघंनका घटनाको आयोगले अनुगमन गर्ने

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लघंनका गम्भीर घटनाको तत्काल अनुगमन गर्ने जनाएको छ । काठमाडौं उपत्यका सहित मुलुकभर देखिएका मानव अधिकार उल्लंघनका घटनाको तत्काल अनुगमन गरी प्रतिवेदन पेस गर्न भन्दै आयोगले द्रुत अनुगमन कार्य टोली गठन गरेको जनाएको छ ।

मानव अधिकार उल्लंघन सम्बन्धी कुनै पनि घटनाको चुस्त तथा सुक्ष्म अध्ययनमा द्रुत अनुगमन कार्य टोलीले सहयोग गर्ने आयोगको ठहर छ ।

अभिव्यक्ति स्वतन्त्रता, सामाजिक तथा सांस्कृतिक अधिकार, दण्डहीनताको स्थिति, गैरकानूनी थुना, यातना, स्वास्थ्यको अधिकार, नियोजित पुनः पक्राउका घटना, दोहोरो भीडन्त र हत्या, विष्फोटन, जबर्जस्ती चन्दा, विधिको शासन विपरीतका कार्य, अत्याधिक बल प्रयोग जस्ता घटनाहरू प्रति राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता ब्यक्त गरेको छ ।


प्रतिक्रिया