एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७६ | काठमाडौं

- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज अपरान्ह १ बजेपछि बैठक बोलाइएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो ।

बोर्डले निर्णयपछि आवश्यक प्रक्रिया पूरा गरी परीक्षाफल सार्वजनिक गरिने पौडेलले बताउनुभयो । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

 


प्रतिक्रिया